गाउँ छाडेर हिड्ने प्रबृति चुनौतीः मुख्यमन्त्री पाण्डे

गाउँ छाडेर हिड्ने प्रबृति चुनौतीः मुख्यमन्त्री पाण्डे

केन्द्रबिन्दु
15
Shares

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ छोडेर हिड्ने प्रबृत्ति चुनौतीका रुपमा देखा परेको बताएका छन्।

१२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा संयुक्त रुपमा आयोजित विकास साझेदारहरुसँग गण्डकी प्रदेशको समुन्नति र लगानी सम्बन्धी अन्तरक्रियामा उनले गाउँमा अत्यावश्यकीय पूर्वाधार पुगे पनि पलायन नरोकिएको बताएका हुन्।

करोडौं रुपैयाँ खर्चेर बाटोघाटो बने पनि त्यसलाई उत्पादनसँग जोड्न नसकिएको बताउँदै उनले उत्पादनलाई जोड्न सकिएमा मात्रै पूर्वाधार विकासको औचित्य पुष्टि हुने बताए।

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटेको बताउँदै आत्मनिर्भतामा जोड दिने विषयलाई प्राथमिकतामा राखिएको बताए।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनामा प्रदेशको प्राथमिकतामा क्षेत्र समेटेर अघि बढ्न लागिएको बताए।

योजनाका सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिएको बताउँदै उनले आगामी हप्ता योजनाको आधारपत्र आउने बताए। मानव बन्यजन्तु द्वन्द्व पनि चुनौतिका रुपमा देखा परेको बताउँदै उनले त्यसले निर्वाहमुखी कृषिलाई समस्या पारेको बताए।

Skip This
Skip This
Logo