नेपाली शैक्षिक जगतमा ट्रिनिटी इन्टरनेशनल कलेज आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । ‘भविष्यका लागि शिक्षा’ भन्ने मिसनका साथ अघि बढेको यो कलेजको शिक्षण पद्धती नै लोभलाग्दो छ । कलेजको उत्कृष्ट नतिजा र यहाँ पढिसिध्याएका विद्यार्थीहरुको प्रगतिले नै यस कुरालाई पुष्टी गर्छ ।
यस कलेजमा प्लस २ र ए लेभल तह अन्तर्गत साइन्स, म्यानेजमेन्ट र ह्यूम्यानिटिजको पढाई भईरहेको छ भने ब्याचलर लेभलमा बीएससी सिएसआइटी, बीबीएस, बीए र अंग्रेजीमा एमए सम्मको पढाई हुँदै आएको छ ।
शिक्षक र विद्यार्थीहरुबीचको नियमित भेटघाट, सर सल्लाह, मार्गदर्शन र समन्वयले शिक्षण वातावरण उत्कृष्ट बनेको छ । यस कलेजमा शिक्षण पद्धतीका आधुनिक आयामहरु पूर्णरुपमा लागु हुनुका साथै विश्वमा भित्रिएका नविन शैक्षिक आयामहरुको पनि प्रयोग हुँदै आएको छ ।
दक्ष तथा अनुभवी मात्रै होईन कुशल शिक्षक शिक्षिकाहरुद्धारा पढाई हुने भएकाले विद्यार्थीहरुले समय सापेक्ष जानकारीहरु समेत प्राप्त गर्ने गर्दछन् । विद्यार्थीहरुलाई पढाईमा ध्यान केन्द्रित गराउन यस कलेजले मोटिभेस्नल क्रियाकलापहरु पनि संचालन गर्दै आईरहेको छ । कलेजले क्लास टेष्ट, मासिक, टर्मिनल तथा प्रि बोर्ड परीक्षा मात्रै होईन ‘मक एक्जाम’ पनि लिने गरेको छ । कलेजले चिकित्सा र इञ्जिनियरिङ प्रवेश परीक्षालाई मध्यनगर गर्दै ‘सिनर्जिष्टीक टिचिङ लर्निङ’ पद्धतीबाट अध्ययन अध्यापन गर्दै आएको छ ।
कलेजले विद्यार्थीको व्यक्तित्व विकासका लागि व्यक्तिगत तथा शैक्षिक परामर्शहरु पनि जोड दिँदै आएको छ । यति मात्रै होईन विद्यार्थी र अभिभावकसँग पनि कलेजले नियमित छलफल र बिचार विमर्श गर्दै आएको छ । आफ्नो कलेजमा अध्ययन गरेका विद्यार्थीलाई अनुशासित र सभ्य नागरिक बनाउने उद्धेश्य बोकेको यस कलेजले समयको सदुपयोग, प्रयोगात्मक तथा र व्यवहारिक ज्ञान पनि प्रदान गर्दै आएको छ ।
उपयुक्त भौतिक वातावरणका साथै प्रेरणादायी शिक्षण विधिमार्फत अध्ययन अध्यापन गराउँदै आएको यस कलेजमा विभिन्न प्रकारका ‘को कलिकुलर’ तथा ‘एक्स्ट्रा करिकुलर’ क्रियाकलापहरु समेत यथेष्ठ मात्रामा समावेश छन् । जसले विद्यार्थीको जीवनमा व्यवहारिक तथा सामाजिक ज्ञान अभिबृद्धि गर्न सघाउन पु¥यानेछ । कलेजको अर्काे महत्वपूर्ण विशेषता भनेको भूपु विद्यार्थीहरुसँगको नियमित समन्वय हो । जसले गर्दा नयाँ विद्यार्थीहरुलाई नयाँ कुराहरु सिक्न ठूलो सहयोग मिल्छ ।
यस कलेजमा सुरक्षित यातायाको व्यवस्था हुनुका साथै अत्याधुनिक कक्षाकोठा, विद्यार्थीका लागि उपयुक्त क्यान्टिन, डिज्टलाइज्ड लाइब्रेरी र ल्यावहरुको सुविधा छ । प्रविधिको भरपुर प्रयोग गर्दै आएको यस कलेजले इ लर्निङ सिष्टमलाई प्राथमिकतामा राखेको छ ।
प्रस्तुत छ, कलेजको विस्तृत विवरण समेटियो भिडियो सामाग्री





























प्रतिक्रिया