काठमाडौं,
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण माघसम्म सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका सार्वजनिक गरेको छ । प्राधिकरणको गत ३१ जेठमा बसेको निर्णय अनुसार भूकम्पपीडितलाई कार्यतालिका अनुसार समयमै काम सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
तालिका अनुसार निजी आवास पुनर्निर्माण अन्तर्गत असार मसान्तसम्म पहिलो र माघ मसान्तसम्म तेस्रो किस्ता लिइसकेको हुनु पर्नेछ । लाभग्राही सूचीमा समावेश भएकाले आगामी शनिबारसम्म अनुदान सम्झौता गरिसक्नु पर्ने प्राधिकरणले समय तोकेको छ ।
शनिबारसम्म प्राधिकरणसँग अनुदान सम्झौता गरेकाले असार मसान्तसम्म पहिलो किस्ता लिनु पर्नेछ । असार मसान्तसम्म पहिलो किस्ता लिएकाले कात्तिकसम्म दोस्रो र माघ मसान्तसम्म तेस्रो किस्ता लिइसकेको हुनुुपर्ने समय तोकिएको छ ।
प्राधिकरणले भदौ मसान्तसम्म जोखिम वर्गमा परेका लाभग्राहीको अद्यावधिक विवरण उपलब्ध गराउने सीमा पनि तोकेको छ । २०७६ जेठ मसान्तसम्म छुट सर्वेक्षणका लागि गुनासो दर्ता गरी सिफारिस लिइएको थियो । प्राधिकरणले गत १५ असारसम्म छुट सर्वेक्षणको लगत संकलन गरेको थियो । नीजि आवासमा क्षति पुगेर लाभग्राही सूचीमा छुटेका भूकम्पपीडितको पुनः जाँच सर्वेक्षण गत १५ असारसम्म भएको थियो ।
लाभग्राही सुचीमा छुटेका भूकम्पपीडितका लागि पुनः जाँच सर्वेक्षण १५ चैतबाट सुरु गरिएको थियो । वैशाख मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलन समयावधी थप गरी जेठ मसान्तसम्म पु¥याइएको थियो ।
राजधानीबाट































प्रतिक्रिया