प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्दैछ।

आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस“ भन्ने प्रस्ताव सदन सामु प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ।

यस्तै,२०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा भइरहेको छलफलको क्रमलाई आज पनि निरन्तरता दिइने संघीय संसद सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo