रसुवाकाे जुरेढुङ्गा केन्द्रबिन्दु बनाएर गयाे भूकम्प

रसुवाकाे जुरेढुङ्गा केन्द्रबिन्दु बनाएर गयाे भूकम्प

केन्द्रबिन्दु
81
Shares

काठमाडौँ। रसुवा केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो। भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो। नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ।

नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधैं भूकम्पीय जोखिममा रहेको भूकम्पविद्हरू बताउँछन्।

Logo