हेटौँडा,
यसवर्ष मकवानपुर जिल्ला अदालतमा १३५ पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् । चालू आर्थिक वर्षको भदौदेखि जेठ महीनासम्म सम्बन्ध विच्छेदका लागि ५७७ वटा मुद्दा दायर भएकामा पुरुषको सङ्ख्या १३५ पुगेको उक्त अदालतले जनाएको हो ।
अदालतका श्रेस्तेदार केशवकुमार कौशिकका अनुसार गत भदौ १ गतेदेखि जारी नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरेको थियो । प्राप्त विवरण अनुसार ०७४/०७५ मा ४७५ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकामा हाल १६४ मुद्दा थप भएको हो ।
यस वर्षको दर्तामध्ये १९४ वटा मुद्दा फछ्र्योट भइसकेको र अन्य प्रक्रियामा रहेको बताइएको छ । पारिवारिक कलह र भौतिकवादी चाहनाले सम्बन्ध विच्छेदका घटना बढेको र यसबाट सामाजिक एवं पारिवारिक रुपमा नकारात्मक असर पारेकोे हेटौँडा–४ का बुद्धिजीवी रामप्रसाद आचार्य बताउनुहुन्छ ।
रासस





























प्रतिक्रिया