अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था: काठमाडौं वर्ल्ड स्कूल (भिडियो रिपोर्ट)

अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था: काठमाडौं वर्ल्ड स्कूल (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

यदि तपाईं भक्तपुरको रमणीय स्थल गुण्डुमा रहेको काठमाडौं वर्ल्ड स्कूल पुग्नु भएको छ भने एउटा कुराले तपाईंलाई गौरवान्वित बनाएको हुनुपर्छ । तपाईंलाई गौरवान्वित पार्ने विषय हो, यस कलेजको भौतिक पूर्वाधार ।

सुन्दर र भुकम्पप्रतिरोधात्मक बिल्डिङहरु मात्र होइन यहाँको वातावरण र विद्यार्थीहरुप्रतिको कलेजको धारणा बुझ्नु भयो भने झनै लाग्ने छ, यो साँच्चै नै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था हो ।

नेपालमा गुणस्तरीय अध्ययन अध्यापन हुन्न भन्ने निश्कर्ष निकाल्दै धेरै नेपाली विद्यार्थी विदेशमा पढिरहेका छन् । काठमाडौं वर्ल्ड स्कूल यही तीतो यथार्थलाई रोक्न जन्मिएको संस्था हो ।

तीन वर्षअघि देखि निर्माण कार्य भइरहेको र पोहोर सालदेखि अध्ययन–अध्यापन सुरु गरेको यस शैक्षिक संस्थाले २१ औं शताब्दीको विश्वकालागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

शैक्षिकस्तर अभिबृद्धि गर्न भयंकर भौतिक पूर्वाधारले मात्र पुग्दैन । दक्ष अध्यापक र ब्यवस्थापन टिम पनि आवश्यक हुन्छ । काठमाडौं वर्ल्ड स्कूल यी तमाम मापदण्ड पुरा गरेर शैक्षिक मैदानमा उत्रिएको छ ।

सवै हिसावमा गौरव गर्न लायक यो स्कूलमा गरिव  र जेहेन्दार विद्यार्थीहरुकालागि विशेष छात्रबृत्तिको ब्यवस्था समेत गरिएको छ । गत शैक्षिक सत्रवाट मात्रै अध्ययन सुरु भएपनि यस वर्षको एसईई रिजल्टसँगै यस स्कूलमा प्लस टु अध्ययन गर्नेहरुको भिड बढेको छ ।

प्रस्तुत छ, काठमाडौं वर्ल्ड स्कूलको विस्तृत विवरण समेटिएको भिडियो

 

Logo