विदेशबाट फर्केर प्रेमिकासँगै गेस्ट हाउसमा बसेका युवा मृत फेला

विदेशबाट फर्केर प्रेमिकासँगै गेस्ट हाउसमा बसेका युवा मृत फेला

केन्द्रबिन्दु
0
Shares

दुबईबाट नेपाल फर्किएर प्रेमिकासंगै काठमाडौँको नयाँ बसपार्कस्थित शुभकलश गेस्ट हाउसमा बस्दै आएका एक युवक मृत फेला परेका छन् ।

असार ११ गते दुबईबाट नेपाल फर्किएका काभ्रेका २६ वर्षीय प्रमोद गुरुङ बुधबार विहान मृत फेला परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले विदेशबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासंग होटलमा बस्दै आएको बताए ।

बुधबार विहान गुरुङकी प्रेमिकाले नै होटलको रिसेप्सनमा गुरुङको मृत्यु भएको जानकारी गराएकी हुन् । उनीहरुको कोठामा २ वटा वियर, गाजा र यौनबद्र्धक औषधिसमेत फेला परेको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रवक्ता बोगटीले जानकारी दिए ।

Logo