काठमाडौं । ‘एक्सपेरियन्स द बेष्ट’ भन्ने मुल नारासहित संचालित जेभियर इन्टरनेशनल कलेजलाई नेपालको अग्रणी शैक्षिक संस्थाको रुपमा लिईन्छ । राष्ट्रिय परीक्षा बोर्डबाट सन् २००१ मा मान्यता प्राप्त गरेको यस कलेजले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अध्ययन अध्यापन गराउँदै आएको छ ।
हरेक अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाई बनेको यस कलेजले उत्कृष्टता, अनुशासित, जिम्मेवार र नेत्वृदायी शिक्षाको पहिचान बनाईसकेको छ । यस कलेजको मूख्य उद्देश्य नै कन्फिडेन्ट, रेस्पोसिवल, रिफ्लेक्टिभ र इनोभेटिभ विद्यार्थी उत्पादन गर्नु हो ।
जेभियर इन्टरनेशनल कलेजमा ए लेभल, प्लस टु, बीसीए, बीएस्सी इन्भाइरोमेन्ट, बीएस्सी माइक्रोबायोलोजी, बीबीएम, बीबीएस, बीएसडब्यु, एमबीबीएसलगायतको अध्ययन अध्यापन गराईन्छ ।
यस कलेजमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकीका साथै कानून संकायको पनि पढाई हुन्छ । त्यस्तै क्याम्ब्रिज विश्वविद्यालयबाट मान्यताप्राप्त ए लेभलमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्ययापन गराईन्छ ।
प्लस टु कलेजहरुको भिडमा आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले स्वदेशमा त उत्कृष्ट नतिजा हासिल गरेकै छन् साथसाथै विश्वका चर्चित विश्वविद्यालयहरुमा समेत सत प्रतिशत स्कलरशिप पाउन सफल भएका छन् । जेभियर इन्टरनेशनल कलेजका विशेषता, कलेजमा पढाई हुने विषय लगायत विविध पक्षलाई समेत तयार पारिएको एक भिडियोः





























प्रतिक्रिया