एजेन्सी । लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा ४० जनाको मृत्यु भएको छ । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण परी ८० जना घाइते भएका छन् ।
घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् । हिरासत केन्द्रमा १२० जना आप्रवासी रहेको लिवियाको आपतकालीन सेवा केन्द्रका प्रवक्ता ओसामा अलीले जानकारी दिए ।
अहिलेसम्म आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् । लिवियन नेशनल आर्मी आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग उसको छ । यही माग राखेर यो संगठन संघर्षरत छ ।





























प्रतिक्रिया