नेपाली विद्यार्थीले जुनसुकै मुलुकमा पनि अवसर पाउँछन्ः अर्थविद् अच्युत वाग्ले

नेपाली विद्यार्थीले जुनसुकै मुलुकमा पनि अवसर पाउँछन्ः अर्थविद् अच्युत वाग्ले

केन्द्रबिन्दु
15
Shares

अर्थविद् तथा काठमाडौँ विश्वविद्यालयका प्रोफेसर प्राडा. अच्युत वाग्लेले ३८ हजार नेपाली नर्सहरु विदेशिए भनेर चिन्ता नगर्न आग्रह गरेका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाली विद्यार्थीहरुले विश्वको जुनसुकै मुलुकमा पनि अवसर पाउने भएकाले नर्स तथा विद्यार्थीहरु विदेशिँदा खुसी हुनुपर्ने बताए ।

यस्तै, वाग्लेले शिक्षा क्षेत्रले अर्थतन्त्रमा महत्वपूर्ण योग्दान पुर्याउने भएकाले नेपाललाई शिक्षाको हब बनाउनमा लाग्नुपर्ने बताए । उच्च शिक्षालाई राज्यले उद्योगको रूपमा विकास गर्नुपर्ने पनि उनले बताए ।

उनले युवाहरु विदेशिए र देशमा विश्वविद्यालय धेरै खुले भनेर चिन्ता गर्नभन्दा पनि शिक्षाको इको सिस्टम चलायमान बनाउन विदेशी विद्यार्थी नेपालमा भित्र‍्याउन सहज वातावरण बनाउनमा जोड दिए ।

Skip This
Skip This
Logo