दुई  भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो

दुई  भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ। सर्लाही प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। मोस्टवान्टेड सूचीमा रहेका भारत मोतिहारी घर भएका २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ। भारतीय प्रहरीको सूचनाको आधारमा बरहथवाबाट पक्राउ गरेर जिल्ला लैजाने क्रममा जितेन्द्रले प्रहरीमाथि गोली चलाएर भाग्न खोजेका थिए। त्यसपछि उनीहरुविरुद्ध जवाफी कारबाहीस्वरुप खुट्टामा गोली हानेर पक्राउ गरिएको प्रहरीको भनाइ छ।

Logo