आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना

आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आज दिउँसोको समयमा देशभर सामान्य बदली भई पुर्व र मध्यका केही स्थानहरुमा तथा पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदलि भई पुर्व र मध्यका केही स्थानहरुमा तथा पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको वर्षाको सम्भावना रहेको छ ।

मध्य असार सकिंदा सम्म हुनु पर्ने जति वर्षा नभएपछि देशभर गर्मी वढेको छ भने रोपाईं पनि हुन सकेको छैन । मनसुन भित्रिएको लामो समय भइसकेपनि नियमितरुपमा वर्षा हुन सकेको छैन ।

Skip This
Skip This
Logo