त्रिविले माग्यो रजिष्ट्रार र रेक्टरका लागि आवेदन

त्रिविले माग्यो रजिष्ट्रार र रेक्टरका लागि आवेदन

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले रजिष्ट्रार र रेक्टर पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ। त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात दिनभित्र बायोडाटा बुझाउन अनुरोध गरेका छन्।

उपकुलपतिले जारी गरेको सूचनाअनुसार इच्छुक प्राध्यापकहरूले मंगलबारदेखि सात दिनभित्र उपकुलपतिको इमेल ठेगानामा आफ्नो बायोडाटा बुझाउनुपर्नेछ । यी दुई पदमा उपकुलपतिले सिफारिस गरेको व्यक्तिलाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था छ।

गत १२ पुसमा रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएको थियो। त्यसपछि रिक्त पदमा १८ पुसदेखि कानुन संकायका डीन डा. कृष्णप्रसाद बस्याल निमित्त रजिष्ट्रार नियुक्त भएका थिए।

Skip This
Skip This
Logo