काठमाडौं,
आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजमाथि रोमाञ्चक जित हात पारेको छ । ३३९ रनको लक्ष्य दिएको श्रीलंका २३ रनले विजयी भएको हो । निर्धारित ओभरमा श्रीलंकालले ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो ।
टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले बलियो सुरुवात गरेको थियो । डिमुथ करुनारत्ने र कुशल परेराले ९३ रनको साझेदारी गरेका थिए ।
जवाफमा वेष्ट इण्डिजका लागि जेसन होल्डरले २ विकेट लिँदा फाबियन एलियन, ओसाने थोमस र सेल्डन कोट्रेलले एक एक विकेट हात पारे । निर्धारित ५० ओभरमा ९ वीकेट गुमाउँदै ३१५ रन बनाएको वेष्ट इण्डिज अन्ततः २३ रनले पराजित भयो ।
आज भारत र बंगलादेशवीच खेल हुने तालिका छ ।































प्रतिक्रिया