काठमाडौं । प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएपछि सेनाको हेलिकोप्टर मार्फत थप सुरक्षाकर्मी संखुवासभा पठाईएको छ । सोमबार दिउँसो सिलिचुङ गाउँपालिका–१ सिसुवाखोलाको हेयाङ्लामा प्रहरी र विप्लव माओवादी कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि सेनाको हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी खटाइएको हो ।
काठमाडौंबाट सेनाको एमआई(१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीको दुई टोली हेयाङ्लामा पठाइएको हो। सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना सुरक्षाकर्मी हेयाङ्लामा अवतरण गराइएको प्रधान कार्यालयले जनाएको छ।
विप्लव समूह र प्रहरीबीच सोमबार बिहान हेयाङ्लामा गोली हानाहान भएको थियो। विप्लव समूहले गोली हानेपछि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया