प्रहरी र विप्लव समूहबीच दोहोरो गोली हानाहान

प्रहरी र विप्लव समूहबीच दोहोरो गोली हानाहान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संखुवसभामा प्रहरी र विप्लव समूहबीच दोहोरो गोली हानाहान भएको छ । तर दुवै पक्षबीच कुनै क्षति भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए ।

प्रहरीले देशव्यापी रुपमा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट अपरेसन’ चलाइरहेको बेला गोली हानाहान भएको हो । गोली हानाहानपछि विप्लव समूहका कार्यकर्ता भागेको प्रहरीले जनाएको छ ।

यता विप्लव समूहले भने प्रहरीले एकोहोरो गोली प्रहार गरेको दाबी गरेको छ । प्रहरी र नेकपाबीच दोहोरो गोली हानाहान भन्ने समाचारको खण्डन गर्दै विप्लव समूहले प्रहरीले एकोहोरो गोली प्रहार गरेको जनाएको हो । ‘प्रहरीले हामीमाथि एकोहोरो फायरिङ खोलेको हो । हामीले गोली चलाएका छैनौं’ नेकपा एक नेताले भने ।

सरकारको प्रतिबन्धपछि विप्लव समूहले पहाडी जिल्लाहरुमा आफ्नो गतिविधि गर्दै आएको छ । प्रहरीले पनि उनीहरुको खोजी कार्यलाई तिब्रता दिएको छ । तर विभिन्न राजनीति दल, संघसंस्थाहरुले बल प्रयोग भन्दा पनि वार्ताको माध्यममबाट समस्याको खोज्न सरकारसँग आग्रह गर्दै आएका छन् । सरकारले भने विप्लव पार्टीलाई अपराधिक समूहको संज्ञा दिएको छ ।

Logo