काठमाडौं,
प्रभु बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी नयाँ दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट सहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।
प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरूमा बैंकको सम्पर्क प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क प्रतिनिधि कार्यालयहरूबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्नेछ ।
हालसम्म देशभरका १ सय ८६ शाखा कार्यालय, १ सय ३९ वटा एटीएम तथा २३ वटा एक्सटेन्सन काउन्टर कार्यालयहरू सहितको सञ्जालका माध्यमबाट १२ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइरहेको प्रभु बैंकले अब विदेशमा पनि आफ्नो सेवा विस्तार गर्न लागेको हो ।































प्रतिक्रिया