२ लाख घूस खाने हाकिमलाई नेकपा विद्यार्थीले कालोमोसो दलेर गरे विदाई

२ लाख घूस खाने हाकिमलाई नेकपा विद्यार्थीले कालोमोसो दलेर गरे विदाई

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । घूससहित पक्राउ परेकालाई सामान्यतया अख्तियारले आफ्नो नियन्त्रणमा राख्ने गर्छ । घूस रकमसहित पक्राउ गरेर मुचुल्का तयार पारेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउँछ । तर बिहीबार कञ्चनपुरबाट २ लाख घूससहित पक्राउ परेका एक हाकिमलाई भने विद्यार्थी संगठनले राम्रै पाठ सिकाएका छन् ।

२ लाख घूससहित रंगेहात पक्राउ परेका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख इन्जिनियर अजित कुमार श्रीवास्तवलाई नेकपा विद्यार्थी संगठनले कालोमोसो दलेर विदाई गरेका हुन् ।

श्रीवास्तवले भीमदत्त नगरपालिका १९ मा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए । उनले कमिसनबापत लिएको दुई लाख घूस रकम भान्सामा रहेको चामलको बोरामा लुकाएर राखेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

भ्रष्टाचारीलाई जनस्तरबाट कारवाही गरिएको अखिल कञ्चनपुरले जनाएको छ । श्रीवास्तवलाई कार्यालय परिसरमै कालोमोसो दलिएको हो । उनीसंगै सिँचाई डिभिजनमै कार्यरत इन्जिनीयर ग्रीष्मा ठगुन्नालाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ।

तटबन्धको योजनामा भुक्तानी दिने क्रममा घुस लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई रंगे हात पक्राउ गरिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

कञ्चनपुर सिँचाइ डिभिजन प्रमुख दुई लाख घूससहित पक्राउ

Skip This
Skip This
Logo