विश्वकप क्रिकेटमा आज भारत र वेस्ट इण्डिज भिड्दै

विश्वकप क्रिकेटमा आज भारत र वेस्ट इण्डिज भिड्दै

केन्द्रबिन्दु
0
Shares

एकदिवसीय विश्वकप क्रिकेटमा आज बिहिबार भारत र वेस्ट इण्डिज भिड्दै छ ।

यो खेलले भारतको सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । भारतले यसअघि ५ खेल खेलेकोमा ४ खेलमा जित हासिल गरिसकेको छ । भारतले अष्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो भने वर्षाका कारण खेल प्रभावित भएपछि न्यूजिल्याण्डसँग अंक बाँडेको थियो । पाँच खेलबाट ९ अंक बनाएको भारत अंक तालिकाको तेस्रो स्थानमा छ।

वेष्ट इण्डिजले पाकिस्तानलाई  हराएको छ भने बंगलादेश, इंग्ल्याण्ड र  अष्ट्रेलिया र न्यूजिल्याण्डसँग पराजित भएको थियो ।  प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका हार्ड हिटर आन्द्रे रसेल घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

६ खेलबाट ३ अंक जोडेको वेष्टइण्डिजले  सेमिफाइनल आशा जीवित राख्न बाँकी तीनै खेल जितेर पुग्दैन, अन्य खेलको नतिजामा पनि भर पर्नुपर्छ।

म्यानेष्टर मैदानमा हुने यी दुई टोलीबीचको खेल आज दिउँदो सवा ३ बजे सुरु हुने छ ।

Logo