काठमाडौं,
पार्टीमा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने सहमति जुटेको छ ।
पार्टीको राजनीतिक दस्तावेजमा दुई अध्यक्षबीच सहमति नजुट्दा स्थागित हुँदै आएको सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र मन्त्रिमण्डल हेरफेरका विषयमा समेत छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत नमिलेपछि नेताहरू निर्णय नगरी उठेका थिए । त्यसलगत्तै चितवन गएका अध्यक्ष प्रचण्ड मंगलबार काठमाडौं फर्केपछि बुधबार दुई अध्यक्षबीच छलफल भएको हो ।
पछिल्लो समय सार्वजनिक कार्यक्रममा नदेखिएका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न तहका नेतासँग बालुवाटारमै बसेर छलफल गरिरहेका छन् । उनले अहिले सरकारभन्दा पनि पार्टी अध्यक्षको हैसियतमा छलफल गरिरहेको र विवाद देखिएका विषयलाई कसरी सल्टाउने भनेर परामर्श गरिरहेको बालुवाटार स्रोतले जानकारी दियो । यस्तै, प्रचण्डले पनि आफूनिकट नेताहरूसँग आफूहरुको भूमिका कस्तो रहने भन्नेबारे छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।
राजधानीबाट































प्रतिक्रिया