गृहको गाडीमा ‘ह्वील लक’ गर्ने ट्राफिकलाई महाशाखाको स्याबासी

गृहको गाडीमा ‘ह्वील लक’ गर्ने ट्राफिकलाई महाशाखाको स्याबासी

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृह मन्त्रालको गाडीमा ‘ह्वील लक’ गर्ने ट्राफिक प्रहरीलाई स्यावास दिएको छ। महाशाखाले ट्राफिक नियम पालना गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको कामको प्रशंसा गरेको हो ।

ट्राफिक नियम उल्लंघन गरी बुधबार सिंहदरबारको पूर्वी गेट छेउमा रोकिएको अवस्थामा ट्राफिक जवानले लक लगाइदिएका थिए । ट्राफिकले मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले चढ्दै आएको बा २ झ ४३८८ नम्बरको गाडीमा ‘ह्वील लक’ गरेका थिए । उनले एक हजार रुपैंयाको चिट पनि काटेका थिए ।

गाडीमा ह्वील लक गरेपछि गृहमन्त्रालयको ठाडो निर्देशनमा उनलाई तत्काल महाशाखा बोलाइएको थियो । तर, महाशाखाले उनलाई धन्यवाद दिएर कार्यक्षेत्रमा पठाएको छ । कारबाहीमा परेको गाडी गृहमन्त्रालय मातहतको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको रहेको खुलेको छ ।

जब ट्राफिकले गृह मन्त्रालयकै प्रवक्ताको गाडीमा ‘ह्वील लक’ गरे

Logo