काठमाडौं,
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जनाएको छ । नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम भइरहेको राष्ट्रिय परीक्षा बोर्ड कार्यालयले जनाएको छ ।
कार्यालयले बुधबार (आज) का लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । बोर्डले निर्णय गरेपछि परीक्षाको नतिजा सार्वजनिक हुने बताइएको छ । ढिलोमा विहीबार (भोली) सम्ममा नतिजा प्रकाशन हुनेछ । बोर्डले गएका वर्षहरुभन्दा करिब एक साता ढिला गरी नतिजा प्रकाशन गर्न लागेको हो ।
यसपटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।





























प्रतिक्रिया