गुठी विधेयक फिर्ता लिंदै मन्त्री अर्यालले भनिन्- ‘बकवास कुरा फैलाइयो’

गुठी विधेयक फिर्ता लिंदै मन्त्री अर्यालले भनिन्- ‘बकवास कुरा फैलाइयो’

केन्द्रबिन्दु
0
Shares

सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी सम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा गुठी सम्बन्धी विधेयक फिर्ता लिएको हो ।

भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले गुठी सम्बन्धी विधेयक फिर्ता पाउँ भन्ने माग सभा अध्यक्ष समक्ष राखे पछि यो विधेयक फिर्ता भएको घोषणा भएको हो ।

यसै बिच मन्त्री अर्यालले गुठी विधेयक जनताको पक्षमा रहेको विधेयक भएको बताएकी छन् । मन्त्री अर्यालले सरकार जनताको भएकाले   सरकारले एकातिर फर्कदा अर्कोतिर विर्सन नहुने बताइन । उनले भूमिहिन र गुठीपीडित जनताको लागि सरकारले यो विधेयक ल्याएको बताइन ।

उनले बकवास कुरा फैलाएर विधेयक फिर्ता लिनु परेको बताइन ।

Skip This
Skip This
Logo