काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यहरुले आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकि स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यहरुको जोड पार्टी एकतालाई जोगाई विधि, पद्दति र प्रणालीमा लैजाने रहेको बताएका छन् । नेकपा स्थाायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वैैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा भित्रको विवाद अझ उत्कर्षमा पुगेको छ । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र्र पौडेलले बुधबारको स्थायी कमिटी बैठकमा पनि पार्टी एकतालाई फुटबाट जोगाउँँदै एकताबद्ध बनाएर लैजाने मत नै प्रमुख रुपमा आएको बताए ।
आगामी स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले प्र्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरी आन्तरिक समस्या हल गर्दै पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउनु पर्नेमा केन्द्रीत हुनु पर्ने सदस्य पौडेलको जोड छ । स्थायी कमिटीले पार्टीभित्रको विवाद समाधानमा पहलकदमी मोडतर्फ अघि बएको पनि पौडेलको भनाइ छ ।
यस्तै स्थायी कमिटी सदस्य गणेश शाहले पार्टीको जारी विवादलाई अध्यक्षद्वयले मात्रै समाधान गर्न नसक्ने भन्दै स्थायी कमिटी बैठक लामो समयसम्म राखेर भएपनि समस्या समाधान गरेरै छाड्नु पर्ने बताएका छन् । फुटपरस्त गतिविधिलाई नित्साहित गर्नुपर्ने उनको जोड छ । पार्टीले पहिले गरेका सबै निर्णयको इमान्दारीतापुर्वक कार्यान्वयन र छिट्टै महाधिवेशनमार्फत पार्टी नेतृत्व चयन गर्नु नै निकास रहेको उनको तर्क छ ।
यसैगरि नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बुधबारको स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल गर्ने तयारी रहेपनि अचानक अध्यादेश प्रकरण आएकोले छलफल विषयान्तर भएको बताइन् । प्रतिवेदनमाथि छलफल गरिने र आगामी बैठकपछि निचोड निकाल्ने उनको भनाइ छ । प्रधानमन्त्री छलफल र बैठकबाट भागेको भन्दै शाक्यले जे जे भने पनि प्रतिवेदनमाथि छलफल चल्नै पर्ने शाक्यको भनाइ छ ।
आगामी स्थायी कमिटी बैठकपछि पार्टी विवाद समाधानको निष्कर्षमा पुग्ने र केन्द्रीय कमिटीमा लैजाने नेता शाक्यको भनाइ छ । नेकपाले स्थायी कमिटी बैठक पौष ५ गते र केन्द्रीय कमिटी बैठक पौष १० गते बोलाएको छ ।































प्रतिक्रिया