कोपा अमेरिका: उरुग्वे पहिलो स्थानमा, जापान बाहिरियो

कोपा अमेरिका: उरुग्वे पहिलो स्थानमा, जापान बाहिरियो

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा उरुग्वेसंग चिली पराजित भएको छ ।

एडिन्सन काभानीले खेलको अन्तिमतिर एक गोलको योगदान दिँदा गोलरहित बराबरीमा रोकिन लागेको खेलमा उरुग्वेले जित हात पारेको हो । काभानीले खेलको ८२ औं मिनेटमा विजयी गोल गरेका हुन्। उनले जोनाथन रोड्रीग्वेजले पेंलैत क्षेत्र बाहिरबाट दिएको क्रसलाई ६ यार्ड बक्सनजिकबाट हेडरमार्फत गोल गरेका थिए ।

जितसँगै उरुग्वेको पहिलो स्थानमा रहेको छ । भने चीली उपविजेता बनेको छ ।

अर्को खेलमा जापान र इक्वेडर १-१ को बराबरीमा रोकिएपछि जापान समूह चरणबाट बाहिरिएको छ । जापानले शोया नाकाजिमाको गोलमा १५ औं मिनेटमा अग्रता लिएपनि इक्वेडर ३५ औं मिनेटमा गोल फर्काएको थियो। इक्वेडरका लागि एन्जल मेनाले गोल गरेका थिए ।

जापान २ अंक र इक्वेडर १ अंकसहित प्रतियोगिताबाट बाहिरिएका छन् ।

Logo