काठमाडौं,
नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला परिषद्का प्रमुखसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको साथबाट ५ थान बन्दुकसमेत बराबद गरेको छ । पक्राउ गरिएका सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ बस्ने ४० वर्षीय अशोक राई, कानेपोखरी गाउँपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय सुदीप भन्ने कंश धिमाल र उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्र धिमाललाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ गरिएका व्यक्तिको साथबाट बरामद भएका हातहतियारसमेत प्रहरीले सार्वजनिक गरेको छ ।
विशेष सूचनाको आधारमा बेलबारी नगरपालिकाको वडा नम्बर ३ स्कुलडाँडा भन्ने स्थानबाट मोटरसाइकलमा सवार राई र धिमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । हातहतियारको डरत्रास देखाएर चन्दा असुल्न खोजिरहेको सूचनाको आधारमा दुवैलाई पक्राउ गरिएपछि खोजतलासको क्रममा धिमालको घरमा लुकाई राखिएको दुईवटा अटोमेटिक पेस्तोलसहित त्यसमा फिट हुने म्यागजिन र गोलीसमेत बरामद गरिएको अधिकारीले बताए ।
कारोबारबाट





























प्रतिक्रिया