लोकसेवाको फारम भर्ने ३ लाख पुगे

लोकसेवाको फारम भर्ने ३ लाख पुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन् । म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगले जानकारी दिएको छ ।

जसमा खुलातर्फ २ लाख ८९ हजार ७८८ जनाले आवेदन लिएका छन् । महिलातर्फ ७१ हजार ५५, जनजाति तर्फ ३१ हजार १३६, मधेसीतर्फ १८ हजार २८८ ले फारम भरेका छन् ।

त्यस्तै दलिततर्फ २ हजार २३९, अपांगतर्फ १११ र पीछडिएको क्षेत्र ८७ जना फारम भरेका छन् । फारम भर्ने क्रम तिब्र गतिमा भइरहेकाले संख्या अझै बढ्ने देखिन्छ । आवेदनबाट हाल सम्म ५ करोड ५४ लाख ५९ हजार १ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

Logo