एजेन्सी । इथियोपियाको सेनाका प्रमुखको गोली हानी हत्या गरिएको छ । सेना प्रमुख जनरल सिएर मिकोनेनको राजधानी एडिस अबाबामा गोली हानी हत्या गरिएको हो ।
देशको उत्तरी अमराह क्षेत्रमा सेनाले गरेको कू रोक्ने प्रयासको क्रममा आर्मी प्रमुखमाथि गोली प्रहार गर्नु परेको प्रधानमन्त्री अबी अहमदले बताएका छन् ।
केही वर्षयता जातीय हिंसा भड्किएको रहेको सो क्षेत्रमा यसअघि शनिबार अमराहका गभर्नर अम्बाक्युव मेकोनेन र उनका सल्लाहकारको हत्या भएको थियो। कू को प्रयासमा रहेकाहरुले उनीहरुको हत्या गरेका हुन् ।





























प्रतिक्रिया