काठमाडौँ,
प्रदेश नम्बर ५ कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–२ स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ ।
नेपाल बैंकको शाखा कार्यालय कृष्णनगर अन्तर्गत विस्तारित उक्त काउन्टरको नेपाल बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख पूर्णप्रसाद न्यौपानेले एक समारोहकाबीच उद्घाटन गरे ।
नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नम्बर ५ का प्रमुख पासाङ दोर्जी शेर्पाको सभापतित्वमा सम्पन्न समारोहमा उद्योग वाणिज्य संघ कृष्णनगर कपिलवस्तुका अध्यक्ष गुरु शरण सिंह, इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सूर्यबहादुर बोगटी, सशस्त्र प्रहरी नायव उपरीक्षक मनोजकुमार धिताल, नेपाल बैंक शाखा कार्यालय कृष्णनगरका प्रवन्धक सुरेन्द्रप्रसाद यादव लगायतका वक्ताले बैंक सेवाका विविध पक्षबारे प्रकाश पारेका थिए ।































प्रतिक्रिया