रसुवा,
जिल्लाको गोसाँइकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङको बाहिर सुख्खा पहिरोको कारण आयोजनामा कुनै अवरोध नभएको र काम सुचारु रहेको छ । आयोजनाले वर्षातका कारण रात्रिकालीन काम भने रोकेको छ ।
बिहिबार राती आयोजनाको सर्चट्याङक बाहिर सुख्खा पहिरोका कारण भित्र रहेका मजदुर थुनिएको भएपनि सकुशल उद्धार भएको र उनीहरु पछि नियमित काममा फर्किएका थिए । अहिले काम कुनै प्रभावित नभएको रसुवागढी जलविद्युत आयोजनाका प्रमुख छवि गैरेले भन्नुभयो ।
वर्षात् लागेपछि हाम्रो आयोजनाको काम त्यसैपनि प्रभावित हुने गरेको छ । वर्षातको समयमा गतवर्ष पनि रात्रीकालिन काम रोकिएको थियो, अहिले पनि रातीको काम रोकिएको छ । रातीमा सर्च ट्याङ्क, मुख्य सुरुङ, पावरहाउसमा गरी दैनिक दुई सयभन्दा बढी काममा खट्ने गरेको थिए रात्रीकालिन काम अवरोध हुँदा आयोजनाको समयावधि लम्बिने देखिन्छ प्रमुख गैरेले बताउनुभयो ।
उहाँले भन्नुभयो “बिहिबार साँझ सुरुङ बाहिर आएको सुख्खा पहिरोले जलविद्युत आयोजनामा केही समस्या भएन । सवै कामदार काममा फर्केर काम सुचारु छ । सामान्य काम गरिरहेको अवस्थामा बाहिर पहिरो आएको हो । माथिबाट खस्न सक्ने अवस्था अध्ययन गरी जोखिम ठाउँमा काम रोकेका छौं ” सुरुङ्ग बाहिर भीरबाट पहिरो खसेर कामदार थुनिएकाले उनीहरूलाई कुनै चोट पटक लागेको थिएन हामी सामान्य रुपमा काम गरिरहेका थियौं मजदुर गोविन्द पुनले भन्नुभयो ।
गोरखापत्रबाट





























प्रतिक्रिया