“मान्छेलाई १४ किलोको फलामले बाँधेर लडाउनु कति मानवोचित ?”- बाबुराम भट्टराई

“मान्छेलाई १४ किलोको फलामले बाँधेर लडाउनु कति मानवोचित ?”- बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले राजपा नेता तथा सांसद रेशम चौधरीलाई उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै विरोध गरेका छन् ।

उनले अस्पतालमा चौधरीलाई भेटेको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘१४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो र?’ साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् । मेरुदण्डको समस्यापछि वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला भट्टराईले पनि सरकारी रवैयाको आलोचना गरेका हुन् ।

भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ? हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण !“

Skip This
Skip This
Logo