इटहरी,
महिलाको अपमान हुनेगरी बोलेको भन्दै आलोचित इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन् । शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै महिलाको भावनामा चोट पुगेकोमा मेयर चौधरीले माफी मागेका हुन् ।
विगत एक महिनामा जारी भएको यो उनको तेस्रो माफी विज्ञप्ती हो । इटहरीमा बढ्दो यौन धन्दालाई नरोकी समुन्नत नगर निर्माणको परिकल्पना अधुरो हुने बताउँदै चौधरीले आफूले बोलेको शब्दमा माफी मागेका हुन् ।

उनले महिलालाई अपमान हुने गरी रण्डी जिन्दावाद भन्दै अभिव्यक्ति दिएका थिए । ‘महिला दिदीबहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन । म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु,’ उनले लेखेका छन्, ‘कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमा याचना गर्दछु ।’
विज्ञप्तिमा मेयर चौधरीले इटहरीको समृद्धि र विकास महिला दिदी बहिनीको साथबिना सम्भव नहुने भन्दै सहयोगको लागि आग्रहसमेत गरेका छन् । उनले सार्वजनिक कार्यक्रममा महिलाको विषयमा दिएको अभिव्यक्तिको कारण चर्को आलोचना भएको थियो । यौन विकृती न्युनिकरण सम्बन्धी कार्यक्रममा उनले महिला वेश्यावृत्तिमा लागेको भन्दै आलोचना गरेका थिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया