प्रधानमन्त्री ओलीको ट्वीटलाई मोदीले गरे धन्यबादसहित रिट्वीट

प्रधानमन्त्री ओलीको ट्वीटलाई मोदीले गरे धन्यबादसहित रिट्वीट

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले योग दिवसको अवसरमा गरेको ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेन्सन गर्दै धन्यबाद दिएका छन्।

‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना !’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।

उक्त ट्वीटलाई मेन्सन गर्दै मोदीले लेखेका छन्- ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रूपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

Skip This
Skip This
Logo