गल्फ लुब्रिकेन्ट्सद्वारा आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन

गल्फ लुब्रिकेन्ट्सद्वारा आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन

केन्द्रबिन्दु
15
Shares

नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ ।

सुदुरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकास गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रदान गर्नुको साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्यले फ्याक्ट्री भिजिट पनि गराएको थियो । नेपालकै अत्याधुनिक फ्याक्ट्रीहरु मध्ये एक यो फ्याक्ट्रीको उत्पादन प्रक्रिया र यहाँ प्रयोग हुने उच्चस्तरिय टेक्नोलोजीहरुको बारेमा पनि विस्तृत जानकारी गराइएको थियो ।

नेपाल ल्यूब आयलको ल्याबमा भएको विभिन्न डिजिटल उपकरणमार्फत लुब्रिकेंट्सको १७ थरी भन्दा बढी पैरामीटर मापदण्डमा गुणस्तरको माप गरेर मात्र वस्तुहरू बिक्रीमा पठाईने गरेको थाहा पाउदा, सही वस्तु उपयोग गरिएको रहेछ भनेर सर्बै ढुक्क भएको अवलोकनमा सहभागी एक मैकनिक्सले बताए ।

नेपालमै एक मात्र कम्पनी जसले उच्च गुणस्तरको ग्रेड बेस आयल मात्र प्रयोग गरेको र विगत ५ बर्ष भन्दा धेरै देखि सो भन्दा निम्नस्तरको आयल इम्पोर्ट नै नगरेको थाहा पाउँदा, गल्फ लुब्रिकेन्ट्सप्रति अझै धेरै विश्वास बढेको खुशी मेकानिक्सहरुले व्यक्त गरेका छन् ।

सहभागी सबैलाई सर्टिफिकेट सर्टिफिकेट र खादा ओडाएर सम्मान गरी समापन गरिएको सो कार्यक्रममा बोल्दै नेपाल ल्यूब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले भने, “मेकानिक्स साथीहरुको सिप बिकाशमा हामी हरदम प्रतिबद्ध छौँ र येही अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि संचालन हुनेछन्। गल्फ लुब्रिकेन्ट्सको अन्तर्राष्ट्रिय मापदण्डको पालना, उत्पादनको हरेक चरणमा लागुगरिएको क्वालिटी कन्ट्रोल र यहाँ प्रयोग हुने अत्याधुनिक प्रविधिको वास्तविक आँखा अगाडि जानकारी दिनु पाउँदा गल्फ लुब्रिकेन्ट्स प्रतिको विश्वास बढेको हामीले यो कार्यक्रममा अनुभूति गरेका छौँ ।”

नेपाल ल्यूब आयल लिमिटेडका आधिकारिक विक्रेता सयपत्री स्टोर्सको सहकार्यमा संचालित कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका प्रादेशिक बजार व्यवस्थापक राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइल देखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।

Skip This
Skip This
Logo