मनसुन भित्रियो : देशभर फैलिन केही दिन लाग्ने

मनसुन भित्रियो : देशभर फैलिन केही दिन लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपालमा विहिबारदेखि मनसुन सुरु भएको छ । मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन देशभर फैलिन भने केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन १० जुन (जेठ २७ तिर) मा प्रवेश गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो भएको महाशाखाले जनाएको छ ।

साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ ।

Logo