नेपालगन्ज,
जिल्ला प्रहरी कार्यालय बाँकेले १८ किलो ४ सय ग्राम लागू औषध अफिमसहित ४ जनालाई पक्राउपछि सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बुधबार बिहान ६ बजे लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगन्ज–२२ पुरैनीतर्फबाट नेपालगन्ज आउदै गरेको भे १ ह १३९५ नंम्बरको अटोरिक्सामा सवार ब्यक्तिहरुको साथमा रहेको झोलामा प्लास्टीकले प्याक गरी लुकाई ल्याइरहेको अवस्थामा सो अफिम बरामद भएको जानकारी दिए ।
अफिमसहित पक्राउ पर्नेमा जाजरकोट त्रिबेणी नलगाड नगरपालिका–९ दग्दा बस्ने ५० वर्षिय पृथ्वीबहादुर विक, सोही ठाउ बस्ने वर्ष २५ का बिरबहादुर बिक, राजेन्द्र बिक र पूर्वी रुकुम उत्तरगंगा नगरपालिका–९ मैकोट बस्ने ४९ वर्षिय शर्मिला मगरका साथबाट १८ किलो ५ ग्राम अफिम बरामद गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीले अफिमसहित आउदै गरेको भे १ ह १३९५ नंम्बरको अटोरिक्सा र त्यसका चालक सुर्खेत पञ्चपुरी नगरपालिका–९ बस्ने अमरबहादुर पहराईलाई समेत अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका अभियुक्तहरुले आफुहरु भरियामात्र भएको र प्रतिदिन १५ हजारका दरले ज्याला लिएर जाजरकोटबाट ल्याएको पत्रकार सम्मेलनका बताए ।
प्रहरीका अनुसार पक्राउ परेको अफिमको परिणाम अहिलेसम्मकै धेरै हो र यो भारतीय बजारमा ब्राउन सुगर बनाउन प्रयोग हुने गरेको प्रहरीको दाबी छ ।
राजधानीबाट





























प्रतिक्रिया