काठमाडौं । आफ्नो संस्कृति, पहिचान नै नाश गर्ने गरी गुठी विधेयक ल्याईएको भन्दै काठमाडौंको नेवार समुदाय आन्दोलित बन्यो । नेवार समुदाय नै आन्दोलनमा होमिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा स्वयं नेकपा अधिकाशं नेताहरु विधेयकको विरोधमा मत जाहेर गरिरहे । अन्ततः सरकारले उक्त विधेयक नै फिर्ता लिएको छ ।
आन्दोलन चलिरहेकै बेला नेवार समुदायले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाए । काठमाडौंका ज्वाई समेत रहेका प्रधानमन्त्रीलाई आफ्नो धर्म, संस्कृतिमाथि हमला गरेको भन्दै उनीहरुले भाजुला बेइमान खनी अर्थात ज्वाई त बेइमान रहेछ भने । प्रधानमन्त्री ओलीले यहीकी रैथाने शाक्यकी छोरीसँग विवाह गरेका थिए । त्यसैले काठमाडौंका नेवार समुदाय प्रधानमन्त्रीका ससुराली हुन् ।
गुठी विधेयकपछि नेवार समुदायले आफ्नै छोरी चेलीसँग विवाह गर्ने तर आफ्नो संस्कृतिमाथि धावा बोल्ने काम भईरहेको भन्दै असन्तुष्टि जनाए । सत्तारुढ दल नेकपाका धेरै नेताहरु काठमाडौंको नेवार समुदायका ज्वाई हुन् । उनीहरुले नेवार समुदायकै छोरी चेलीसँग विवाह गरेका छन् ।
लोकप्रिय नेता एवं पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले पनि नेवारकै छोरीसँग विवाह गरे । उनलाई नै अनुशरण गर्दै धेरै कम्युनिष्ट नेताहरुले नेवार छोरीसँग विवाह गरेका छन् । त्यो सूचीमा अधिकारी, प्रधानमन्त्री ओली, झलनाथ खनाल, ईश्वर पोखरेलदेखि लिएर बाबुराम भट्टराईसम्म रहेका छन् । उनीहरुबारे तयार पारिएको यो भिडियो रिपोर्टः





























प्रतिक्रिया