हुम्लाको कर्णाली नदीमा खसेको जीप अझै भेटिएको छैन ।
हुम्लाकाे खार्पुनाथ गाउँपालिकास्थित यांचुमा लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भएको हो । उक्त जिप हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको थियो । जिप करिब साढे १२ बजे दुर्घटना भएको हो।
जिपमा १० जना सवार भएको बताइए पनि पुष्टि हुन् बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सहायक प्रहरी निरीक्षक मुरारी खरेलले जानकारी दिए । उनले घटनास्थलमा प्रहरी पुगिसकेको र जिपको खोजी भैरहेको जानकारी दिए । जिप र यात्रुको खोजीका लागि १६ जना गोताखोर र चार वटा हेलिकप्टरमा सेना परिचालन गरिएको खरेलले जानकारी दिए ।





























प्रतिक्रिया