समाजवादी पार्टी सरकार छाड्ने बाटोमा

समाजवादी पार्टी सरकार छाड्ने बाटोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ । सरकार छाड्नु अघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरूको योजना छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरणसँगै शीर्ष तहमा भएका छलफलपछि पार्टी सरकार छाड्ने मुडमा पुगेको हो । नेकपा नेतृत्वको सरकारले आउँदो चार वर्षसम्म संविधान संशोधन नगर्ने समाजवादीको बुझाइ छ ।

संविधान संशोधन नभए सर्त राखेर सरकारबाट बाहिरने गरी एकता गरेको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले बताए । ‘हामीले पार्टी एकता पहिले नै गरे पनि भर्खर दल दर्ता गरेका छौँ । सरकार संविधान संशोधनको दिशातिर गइरहेको छैन,’ सुवेदीले भने, ‘पार्टीको केन्द्रीय समिति वा म्यान्डेट दिएमा पदाधिकारी बैठकले सरकारमा बस्ने वा नबस्ने निर्णय गर्छ ।’ संविधान संशोधन नभए सरकारबाट बाहिरिने विषयमा मत भिन्नता नभएको सुवेदीले बताए ।

स्रोतका अनुसार अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच प्रदेश २ सरकारलाई भने नमुना बनाउने निष्कर्षसहित कायमै राख्ने सहमति भएको छ । गतवर्ष १४ जेठमा तत्कालीन संघीय समाजवादी फोरम संघीय सरकारमा सहभागी हुने सहमति थियो । सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा फोरम अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo