गुठी विधेयकबिरुद्ध पोखरामा पनि प्रदर्शन

गुठी विधेयकबिरुद्ध पोखरामा पनि प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

गुठी विधेयकको बिरोधमा पोखरामा पनि प्रदर्शन भएको छ।  पोखराका विभिन्न संघ–संस्थाको आयोजनामा भएको प्रदर्शनपछि कास्कीका प्रमूख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, भैरव सास्कृतिक संरक्षण समिति, गणेश गुठी सेवा समिति, भीमसेन गुठी, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति, गोपाल जी मन्दिर सेवा समिति, शिव मन्दिर संरक्षण समिति, राम मन्दिर विकास समिति, गणेश तथा भद्रकाली मन्दिर सेवा समिति, ताल वाराही मन्दिर गुठी, सधर्म राभा धर्म संघ वुद्ध विहारलगायतका अन्य संस्थाहरुले संयुक्त रुपमा ज्ञापनपत्र पेश गरेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले गुठीको हक तथा दायित्व प्राधिकरणमा सर्ने व्यवस्था गर्नु नेपालीहरुको रितिरिवाज तथा धार्मिक आस्थामाथि हस्पक्षेप भएको बताए। उनले यो विधेकले गुठीसँग व्यक्तिगत आस्था जोडिएको विषयलाई सरकारले अवमुल्यन गर्न खोजेको आरोप लगाए ।

उनीहरुले विधयेक खारेज नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

Logo