लोकसेवा आवेदन १ लाख ६० हजार पुग्यो

लोकसेवा आवेदन १ लाख ६० हजार पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन आउने क्रम उत्साहजनक रूपमा बढेको छ । आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका विभिन्न सेवा समूह तथा उपसमूहमा ९ हजार १ सय ६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो ।

आयोगका अनुसार आइतबारसम्म झन्डै १ लाख ६० हजारको आवेदन दर्ता भएको छ । खुलातर्फ १ लाख ५५ हजार ३ सय ८५, महिलामा ३८ हजार ५०६, जनजातिमा १७ हजार ५३९, मधेसीतर्फ ९ हजार ५४९, दलित तर्फ १ हजार १७१, अपांगता भएकातर्फ ७२ र पिछडिएका क्षेत्रतर्फ ५० जनाको आवेदन परेको छ । आवेदन बापत २ करोड २४ लाख ४७ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको स्थानीय तहको माग आकृतिका आधारमा ५ सय १५ स्थानीय तहका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया थालेको थियो ।
राजधानीबाट

Logo