सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडको बजेट (पूर्णपाठ सहित)

सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडको बजेट (पूर्णपाठ सहित)

केन्द्रबिन्दु
0
Shares

धनगढी । सुदूरपश्चिम सरकारले २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ। गत बर्ष प्रदेश सरकारले २५ अर्बको बजेट ल्याएको थियो।

प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ।

कृषियोग्य भुमिमा सिँचाई सुविधा विस्तारका लागि एक अर्ब १६ करोड, ९ जिल्लामा नमूना लिफ्ट सिँचाई प्रणालीका लागि १० करोड, कञ्चनपुरमा भैसीफार्म स्थापना गर्न चार करोड, ८० हेक्टर क्षेत्रफलमा केरा खेतीका लागि २ करोड अनुदान, मेसिन उपकरण अनुदानमा ५ करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ।

एक स्थानीय तह एक औद्योगिक उत्पादनका लागि तीन करोड र प्रदेशमा खाद्य डिपो स्थापना, घरेलु उद्योग स्थापनाका लागि ७ करोड बजेट विनियोजन गरिएको छ ।

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/Final_Budget_Speech_2076_03_01-1.pdf& title=”Final_Budget_Speech_2076_03_01 (1)”]

Logo