आफ्नो मागबाट पछि नहट्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

आफ्नो मागबाट पछि नहट्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले आफ्नो मागबाट पछि नहटने निर्णय गरेको छ।

आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफ्नो मागबाट पछि नहट्ने निर्णय गरेको हो।

कांग्रेसले संसद्‍मा सहकारी प्रकरणमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समितिको माग राखेर संसद चल्न नदिने माग राख्दै आएको छ। सोही विषयमा छलफलका लागि सभामुख देवराज घिमिरेले आजै दिउँसो २ बजे शीर्ष देलका नेताहरूलाई छलफलका लागि बोलाएपछि कांग्रेसको पदाधिकारी बैठक बसेको हो।

Skip This
Skip This
Logo