नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैँ मेटिन्छन् : पूर्वमन्त्री महतो

नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैँ मेटिन्छन् : पूर्वमन्त्री महतो

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय मुक्ती क्रान्तिका संयोजक एवं पूर्वमन्त्री राजेन्द्र महतोले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैँ मेटिने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री महतोले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैँ मेटिने बताएका हुन्।

उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे। धर्म मेटाइदिने काम गरे। सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने। सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो। नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन्। हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन्। यिनीहरूको पतन हुन्छ। क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइसक्यो। नेपाली जनतालाई अब ठग्ने दिन गए।’

Logo