भूकम्पपीडितको पुनः जाँच समय फेरि थप

भूकम्पपीडितको पुनः जाँच समय फेरि थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

महाभूकम्प ०७२ पछि निजी आवासमा क्षति पुगेर लाभग्राहीको सूचीमा छुट भएका भूकम्पपीडितको पुनः जाँच सर्वेक्षणको समयावधि फेरि थपिएको छ । लाभग्राही सूचीमा छुटेका भूकम्पपीडितको लागि पुनः जाँच सर्वेक्षण १५ चैतबाट सुरु गरिएको थियो ।

वैशाख मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको समयावधि थप गरेर जेठ मसान्तसम्म पु¥याइएको थियो । फेरि दोस्रोपटक समयावधि थप गरेर अब छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको कार्य १५ असारसम्म हुने भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको बताए । ‘२०७६ जेठ मसान्तभित्र दर्ता गरी कार्य विधिअनुसार सिफारिस प्राप्त भएका गुनासाहरूको सर्वेक्षणका लागि समय थप गरिएको हो,’ उनले भने ।

सहप्रवक्ता घिमिरेले भूकम्प पीडितहरूलाई ध्यानमा राखी म्याद थप गरिएको समेत जानकारी गराए । प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा हालसम्म विभिन्न जिल्लाबाट ६० हजार गुनासोकर्ताको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
राजधानीबाट

Logo