खुलेकाे पहिलाे दिन पशुपतिमा १५ सयले गरे पूजा, एक लाख २१ हजार आम्दानी

खुलेकाे पहिलाे दिन पशुपतिमा १५ सयले गरे पूजा, एक लाख २१ हजार आम्दानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना संक्रमणका कारण नौ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खुलेको पहिलो दिन बुधबार एक हजार पाँच सय भक्तजनले पूजाआजा र दर्शन गरेका छन्।

पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई खुला गरेपछि दर्शनार्थी पशुपति गएका थिए ।

कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेका अनुसार पहिलो दिन सुरक्षित ढंगले पूजाआजा र दर्शन गर्ने काम भएको छ। उनका अनुसार कोभिडका बाबजुद पनि पहिलो दिन एक लाख २१ हजार रुपैयाँ दक्षिणभेटीबाट संकलन भएको छ।

यसबीच, कोषका सदस्यसचिव डा. प्रदीप ढकालले मन्दिरबारेको दर्शन, पूजाआजा र स्वास्थ्य मापदण्ड आदिबारे सूचनामूलक जानकारी दिने डिस्प्लेको उद्घाटन गरेका छन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेकी थिइन्। त्यसपछि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएकाे हाे ।

Skip This
Skip This
Logo