सुकेधारामा भएको बम विस्फोटमा परेका विप्लब नेतृत्वको नेकपाका एक जना कार्यकर्ताको शनिबार मृत्यु भएको छ।
राजधानीको चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ का रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो । उनी गत जेठ १२ गते सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका थिए।
श्रेष्ठ सहित उक्त बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । बम विस्फोटमा ज्यान गुमाउनेहरुमा जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर रहेका छन् ।
बिस्फोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।































प्रतिक्रिया