बाग्मती पुल निर्माणमा गम्भीर त्रुटि गर्ने पप्पु कन्सट्रक्सनलाई कारबाही गर्न निर्देशन

बाग्मती पुल निर्माणमा गम्भीर त्रुटि गर्ने पप्पु कन्सट्रक्सनलाई कारबाही गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पप्पु कन्सट्रक्सनले निर्माण गरिरहेको काठमाडौंको तीनकुनेस्थित बाग्मती नदीको पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर) मा गम्भीर त्रुटि रहेको पाइएको छ ।

२९ दशमलव ५ मिटर गहिरो (लम्बाइ)का १६ वटा (१२ सय एमएम) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएकोमा एउटा पाइल्स १६ दशमलव ५ मिटरको मात्र निर्माण भएको छ । गुणस्तर अभावमा अन्य दुई वटा पाइल्स क्र्याक भएका छन् ।

संसद्को विकास तथा प्रविधि समितिले बाग्मती नदीमाथिको पुल निर्माण ठेक्का लिएको पप्पु कन्सट्रक्सनले गम्भीर लापरबाही गरेकाले आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।

निर्माणधीन पुलका तीनवटा पाइल्समा गम्भीर त्रुटि देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो । तर, सडक विस्तार आयोजनाको निर्देशनको अवज्ञा गर्दै पप्पु कन्सट्रक्सनले पुलको सबस्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको जनाइएको छ । तर उक्त निर्देशनको पालना नै नगरी स्ल्याब ढलानको तयारी गरेको भन्दै समितिले पप्पुलाई कारबाही गर्न निर्देशन दिएको छ ।
राजधानीबाट

Logo