काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ ३३ वर्षकी भएकी छन् । आफूले अभिनय गरेको नयाँ चलचित्र ‘जाइरा’ को फस्ट लुक सार्वजनिक गर्दै नम्रताले जन्मदिन मनाएकी छन् । सार्वजनिक भएको फस्ट लुक्समा नम्रता बक्सिङ खेलाडी देखिएकी छन्।
‘जाइरा’ मा नम्रता एक फाइटरको भूमिकामा देखिदैछिन् । उनले यो चलचित्रको लागि कपाल काटेर छोट्याएकी थिईन् । चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दाससहित नव कलाकारहरु सृजना रेग्मी, सुजाता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ ।
चलचित्रमा नव अभिनेत्री सृजना रेग्मी खेलाडीको रुपमा रहेकी छिन् भने नव अभिनेता सम्राट मगर नम्रताको कोचको भूमिकामा देखिएका छन् ।































प्रतिक्रिया